News

चिरिबाबुको प्रश्तावः मोटरसाइकल ल्याएर ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल चलाउँ

चिरिबाबुको प्रश्तावः मोटरसाइकल ल्याएर ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल चलाउँ

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताएका छन् । 

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको अनिवार्य भइसकेको बताए । 

उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुनेसमेत बताए । उनले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने आवश्यकता औँल्याए ।

मेट्रो रेलका लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए । उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले भूमिका खेल्नुपर्ने बताए ।
 

विशेष