News

धरानका मेयरमाथि मुख्य दलले लगाए छदमभेसी र अराजकको आरोप

धरानका मेयरमाथि मुख्य दलले लगाए छदमभेसी र अराजकको आरोप

सुनसरीको धरानका मेयर हर्कराज साम्पाङ्गमाथि मुख्य राजनीतिक दलले छदमभेसी र अराजक भएको आरोप लगाएका छन् ।

एमाले, नेपाली कांग्रेस र माओवादीको नगर कमिटिले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले कार्यपालिका सदस्यलाई ‘राजिनामा दिएर जानु’ भन्दै धम्क्याएको विषयमा आपत्ति जनाएका छन्। उनीहरुले कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द फिर्ता लिन भनेका छन् ।

‘मेयर साम्पाङ्गले आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखी जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो ?’ भन्दै प्रश्न समेत गरेका छन् । समस्या समाधान गर्न छोडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानबासीले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको ठहर गरिएको छ ।

यसरी नगर प्रमुख नै प्रतिवादमा उत्रनुले समस्या समाधान गर्नुभन्दा बल्झाउने कार्य गर्ने विज्ञप्तिमा उल्लेख छ । विगतमा धरानको विकासमा राजनीतिक दलहरूका बीचमा सहकार्य भएको उल्लेख गर्दे अहिले नेपालको राजनीतिक परिवर्तनमा कुनै पनि भूमिका नभएका छद्मभेषीको अराजकता सुरू भएको दलहरूले टिप्पणि गरेका छन् ।

असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि सदस्य अनुप देवानलाई आफ्नो राय राख्न नदिई मेयर साम्पाङ्गले बैठक छाडेर बाहिर जानु भनेका थिए । कार्यपालिका सदस्यहरूले मेयरको उक्त अभिव्यक्तिबाट आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख छ । 
 

विशेष