News

ओलीले रवि लामिछानेलाई बल्ल–बल्ल दिए भेट !

ओलीले रवि लामिछानेलाई बल्ल–बल्ल दिए भेट !

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

लामिछानेले शनिबार एमाले अध्यक्ष ओलीसँग भेट गरे। बालकोटमा पुगेर उनले ओलीलाई भेटेका हुन्। निर्वाचनको परिणाम आएलगत्तै ओलीसँग भेट्न खोजेका लामिछानेले शनिबार मात्रै ओलीको समय पाएका हुन्।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लामिछानेले नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका थिए।

त्यसको केही दिनअघि लामिछानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटेका थिए। भेटमा लामिछानेले आफूहरू सरकारमा जान तयार रहेको बताएका थिए। लामिछानेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट गरेका छैनन्।

लामिछानले नेतृत्व गरेको रास्वपाका २० जना सांसद छन्।
 

विशेष