News

राजनीतिक क्षेत्रभन्दा बाहिरको राष्ट्रपति बनाउने कुरामा दलहरुले समर्थन गर्दैनन्ः प्रचण्ड

राजनीतिक क्षेत्रभन्दा बाहिरको राष्ट्रपति बनाउने कुरामा दलहरुले समर्थन गर्दैनन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रले गठबन्धनभित्र भागवण्डाको विषयमा प्याकेजमा सहमति खोज्ने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले एक एक पदमा वार्गेनिङ नगर्ने वरु गठबन्धनमा सबै पदहरुको प्याकेजमा सहमति खोज्ने निस्कर्ष निकालेको एक नेताले बताए।

‘एक एक पदको कुरा नगर्ने, जतिपनि पद छन्, सबैको प्याकेजमा बाँडफाँट गर्नुपर्छ भन्ने निष्कर्ष हाम्रो छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै शक्तिशाली पदहरु एकैपटक टुंगो लगाउनुपर्छ।’– उनले भने।

बैठकमा अध्यक्ष प्रचण्डले दलहरुबीच भइरहेको संवादका विषयमा जानकारी दिएका थिए। उनले राजनीतिक क्षेत्रभन्दा बाहिरको राष्ट्रपति बनाउने कुरा नभएको र दलहरुले त्यसमा समर्थन नगर्ने बताएका थिए।
 
‘राष्ट्रपति पार्टीभन्दा बाहिरबाट खोज्न हुन्न भन्नेमा मुख्य दलका सबै लिडरसीपमा एक छौँ,’ बैठकमा उनले भने, ‘बाहिर आएका कुरामा सत्यता छैन। हामी दलभित्रैबाट राष्ट्रपति लगायतका पदहरुको बाँडफाँट गछौँ।’

विशेष