News

शेखर कोइराला भन्छन्– प्रधानमन्त्री रहरले हैन, संख्याले बन्ने हो

शेखर कोइराला भन्छन्– प्रधानमन्त्री रहरले हैन, संख्याले बन्ने हो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्न रहर गर्ने भन्दै पनि हैसियत पुष्टि गर्नु पर्ने बताएका छन् । 

विराटनगर महानगरपालिका ९ स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैले चाहाना राख्दैमा प्रधानमन्त्री वन्ने सपना पूरा नहुने वताए । प्रधानमन्त्री वन्न सवैभन्दा पहिला संसदिय दलको नेता हुनु पर्ने र त्यसका लागि संख्या पुष्टि गर्नु पर्ने उनको भनाई छ।

‘प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन। संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ। पहिले संसदीय दलको नेता हुनुपर्यो नि!’, उनले भने, ‘यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन। पहिले त यसमा हामी कुरा गर्छौँ। सभापति (शेरबहादुर देउवा), वरिष्ठ नेता (रामचन्द्र पौडेल) र अरु नेतासँग पनि हामी कुरा गर्छौँ। त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निर्क्योल हुन्छ।’

कोइरालाले निर्वाचन भइसकेर नतिजा आइसकेको अवस्थामा अब यो वा त्यो भनेर अल्झिरहनुको अर्थ नरहने बताएका छन्। उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए पनि दलको नेता को बन्ने कुरा खुलाउन चाहेनन्।

कांग्रेसमा अहिले सभापति शेरवहादुर देउवा, शेखर कोईराला, गगन थापा, शशांक कोईराला, रामचन्द्र पौडेल लगायतका नेताहरु प्रधानमन्त्री वन्ने दौडमा छन।
 

विशेष