News

आरजु भन्छिन्– म ज्योतिषी त होईन, तर शेरबहादुरजी नै प्रधानमन्त्री बन्नुहुन्छ जस्तो लाग्छ

आरजु भन्छिन्– म ज्योतिषी त होईन, तर शेरबहादुरजी नै प्रधानमन्त्री बन्नुहुन्छ जस्तो लाग्छ

प्रधानमन्त्री पत्नि आरजु राणाले अवको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै हुने दावी गरेकी छिन् ।

निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले अहिलेको अवस्था हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताइन् ।

‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ’ उनले भनिन्–‘ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’

प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने बताईन। ‘डेमोक्रेसी र पार्लियामेन्ट्री सिस्टममा नम्बर गेम हुन्छ’ उनले भनिन् ।

उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी भएको बताइन् । ‘जो जसले दलहरूबाट जितेर आउनु भएको छ उहाँहरूको प्रधानमन्त्रीमा दाबी स्वभाविक हो । सबैले भन्दै आउनुभएको छ,’ उनले भनिन् ।

संसदिय दलको नेतामा भने उनले प्रतिस्पर्धा हुने वताईन। प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने उनको भनाई छ। ‘सर्वसम्मत हुने कुरामा भन्दा पनि पोलिटिक्समा आएपछि भविष्यमा नेतृत्व स्थापित गर्न प्रतिस्पर्धा हुनुपर्छ’ उनले भनिन्–‘चुनावमा गएपछि कस्तो नतिजा आउँछ थाहा हुन्छ। हाम्रो डेमोक्रेटिक पार्टी भएकले जो पनि उठ्न सक्छ । प्रतिस्पर्धा गरेर जानुपर्छ ।’
 

विशेष