News

प्रचण्डलाई भुईमान्छेको पत्र– जनताको शोक, भोक र रोगको निवारण गर्न नेतृत्व लिनोस

प्रचण्डलाई भुईमान्छेको पत्र– जनताको शोक, भोक र रोगको निवारण गर्न नेतृत्व लिनोस

मुलुकमा लामो समय सर्वहारा वर्गको मुक्तिका निम्ति भन्दै जनयुद्ध लडेका नेकपा माओवादीका नेता पुष्पकमल दाहाल (प्रचण्ड) अहिले सत्ताको वरिपरी छन् । कम्युनिस्ट वर्गबाट गणतान्त्रिक नेपालमा दोस्रो पटक प्रधान मन्त्री बन्न सफल भएका उनले जनयुद्ध लड्दा जनतासामु गरेका बाचा भने अझै पुरा गर्न सकेका छैनन्।

दाहालले धेरै आशा र अपेक्षा बाँडेका थिए। त्यही भएर उनले पक्कै गरिब जनताको पिरमर्का बुझेका छन् भन्ने अपेक्षा गरिएको हो। यही कारण उनी प्रधान मन्त्री हुँदा पनि गरिब नेपाली अर्थात सीमान्तकृतका लागि पक्कै केही गर्छन् भन्ने अपेक्षा थियो। तर, दुई पटक प्रधानमन्त्री हुँदा पनि उनले गरेका बाचा पुरा हुन सकेका छैनन्।

यद्यपी उनीप्रतिको आशा, भरोसा र विश्वास भने अझै पनि टुटेको छैन। मंसिर ४ गतेको निर्वाचन परिणाम आएसँगै सरकार गठनको तयारी सुरु भएको छ। राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई सात दिनको समय दिएकी छिन् ।

यही सन्दर्भमा अध्यक्ष दाहालसँग अगाध आश्था भएका एक भुई मान्छेले उनलाई देशको नेतृत्व लिन र राजनेताको भुमिका निर्वाह गरी देशको आमुल परिवर्तनमा योगदान गर्न आग्रह गरेका छन्। सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरका ७७ वर्षिय हेमनरसिंह कार्कीले प्रचण्डलाई पत्र लेख्दै गरिव जनताको शोक, भोक र रोगको हल खोज्न आग्रह गरेका छन् ।
यस्तो छ कार्कीले प्रचण्डलाई लेखेको पत्र

हेमनरसिंह कार्की

विशेष