News

भेलुबाजेलाई नियन्त्रणमा लिन माग गर्दै सिडिओलाई ज्ञापन पत्र

भेलुबाजेलाई नियन्त्रणमा लिन माग गर्दै सिडिओलाई ज्ञापन पत्र

मदिराको तालमा अश्लिल हर्कत गर्न थालेपछि भेलुवाजे भनेर सामाजिक सञ्जालमा चर्चामा आएका मिनवहादुर वुढा विवादमा परेका छन् । बुढा र उनका सहयोगीका गतिविधिका कारण समाजमा नराम्रो असर परिरहेको भन्दै उनका गतिविधि नियन्त्रण जिल्ला प्रशासन कार्याल प्युठानमा ज्ञापन पत्र वुझाईएको छ।

सिडिओ सुनिता नेपाललाई वुझाईएको ज्ञापन पत्रमा भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गरिएको छ।

झिमरुक ३ प्युठानका सुवास जिसीले वुझाएको ज्ञापन पत्रमा ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ’ भन्ने उल्लेख छ।

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ ।
 

विशेष