News

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जनाईएको छ। 

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा बैठकले कुनै निर्णय गरेको छैन।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

विशेष