News

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार, तीन जनाले गरे दावी

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार, तीन जनाले गरे दावी

मंसिर ४ गतेको निर्वाचनमा वढि सिट जितेर सवैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।
 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य रहेको समिति बनाएको थियो ।

स्नेहीका अनुसार बुधबार निर्वाचनको मिति तय गरिएको हो । अहिले सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमात्र बुधबार चुनाव हुने उनले जानकारी दिए ।

संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् । 

कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरुले दलको नेतामा भोट हाल्नेछन् । 
 

विशेष