News खेल

कतार विश्वकपमा यस्ता छन् किलियन एमबाप्पेले बनाएका किर्तिमान

कतार विश्वकपमा यस्ता छन् किलियन एमबाप्पेले बनाएका किर्तिमान

आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले जित्यो। साविक विजेता फ्रान्सले भने उपविजेतामा चित्त बुझाएको छ। तर, फ्रान्सले अर्जेन्टिनालाई उपाधि जित्न भने सजिलै दिएन। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उपविजेता टोलीका खेलाडी किलियन एमबाप्पे निकै चर्चा रहे। उनले खेलमा निकै अविष्मरणीय कीर्तिमान पनि बनाएका छन्। 

कम समय अन्तरमा लगातार दुई गोल 
एम्वाप्पेले फाईनल खेलको ८० औँ मिनेटसम्म २–० ले पछि परेको फ्रान्सलाई पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर मात्र घटाएनन्। त्यसको दुई मिनेट नबित्दै अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए। यो गोलले विश्वकप फाइनलमा सबैभन्दा कम समयमा दुई गोलको कीर्तिमान बनाएका छन् । यसअघि सन् २००२ मा रोनाल्डोले जर्मनीविद्धको खेलमा १२ मिनेटको अन्तरमा दुई गोल गरेका थिए। 

सर्वाधिक गोल
एमबाप्पे दुई विश्वकपका १४ खेलमा १२ गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाचौँ नम्बरमा पुगेका छन् । चारवटा विश्वकपका १४ खेल खेलेका ब्राजिलका पेलेको पनि विश्वकपमा समान १२ गोल रहेको छ। 

उक्त सूचीमा सबैभन्दा माथी चार विश्वकपका २४ खेल खेलेका जर्मनीका मिरोस्लभ लोस रहेका छन्। उनले जम्मा १६ गोल गरेका छन्। त्यस्तै ब्राजिलका रोनाल्डो १५ गोल सहित दोस्रो स्थानमा छन्। उनले पनि चारवटा विश्वकपका १९ खेल खेलेका छन्। आफूले खेलेका पाँच विश्वकपका २६ खेलमा १३ गोल गरेका अर्जेन्टिनी खेलाडी मेसी चौँथो नम्बरमा रहेका छन्।

फाइनलमा ह्याट्रिक
एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९६६ मा इंल्याण्डका जफ हर्स्टले पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा तीन गोल गरेका थिए। उक्त गोलसँगै उनको टोली पहिलो पटक विश्व विजेता बनेको थियो। एमबाप्पेले भने तीन गोल गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।

पहिलो हाफमा २–० ले पछि परेको फ्रान्सलाई एमबाप्पेले अन्तिम समयमा दुई गोल गर्दै २–२ को बराबरीमा लगेका थिए। त्यसपछि थपिएको समय अर्जेन्टिनाले अर्को गोल गर्दा एमबाप्पे पेनाल्टी मार्फत अर्को गोल गर्दै बराबरीमा रोकेका थिए।

त्यसपछि खेल टाइ ब्रेकरमा गएको थियो। एमबाप्पे पेनाल्टी सहित फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 

 गोल्डेन बुट
प्रतियोगितामा सर्वाधिक गोल गर्दै एमबाप्पेले गोल्डेन बुट पनि जितेका छन्। उनले फाइनलमा गरेको तीन गोलसहित ८ गोल गरेका छन्। सन् १९७० को विश्वकपपछि एउटै विश्वकपमा सबैभन्दा बढी ८ गोल ब्राजिलका रोनाल्डोले गरेका थिए। एमबाप्पेले रोनाल्डोको गोल बराबरी गरेका छन्। 

२०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका २३ वर्षिय एमबाप्पेलाई अबको नयाँ स्टार खेलाडीको रूपमा हेरिँदै छ। फ्रान्सका लागि ६६ खेल खेल्दा उनले ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। जसमध्ये १२ गोल दुई वटा विश्वकपमा गरेका हुन्।

यो पनि,

विशेष