News

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध, उपनेता चयन किन भएन ?

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध, उपनेता चयन किन भएन ?

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो। उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।

संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्। संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।  

जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उनले सांसदहरूलाई निर्देशन दिएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट जितेको छ। प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो । 
 

विशेष