News अपराध सुरक्षा

माओवादी नेताले आफ्नै महिला कार्यकर्तालाई पठाए यस्तो अश्लिल म्यासेज

माओवादी नेताले आफ्नै महिला कार्यकर्तालाई पठाए यस्तो अश्लिल म्यासेज

यौन दुर्ब्यवहारको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं निलम्वित भएका छन् । 

माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलासा भएपछि उनलाई पार्टीले निलम्वन गरेको हो। बजगाईंले ती किशोरीलाई पटक–पटक अश्लील शब्द प्रयोग गरी म्यासेज पठाएको जनाईएको छ।

अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्ब्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् । निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि उनलाई केन्द्रीय समिति सदस्यबाट निलम्बन गरिएको छ ।

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ । केन्द्रीय अनुशासन आयोगले काम थालेको छ भने पीडित किशोरीसँग प्रारम्भिक बयान समेत लिएको जनाईएको छ।
 

विशेष