माधव नेपाल अस्पताल भर्ना, सवै खाले भेटघाट बन्द
![माधव नेपाल अस्पताल भर्ना, सवै खाले भेटघाट बन्द](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2021/07/madhav-nepal-61a17.jpg)
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीको निगरानीमा नेपाललाई अस्पतालमा राखिएको छ।
नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेपनि संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई अस्पतालमा सबैखाले भेटघाट बन्द गरिएको छ ।