News

विश्वकप जितेपछि मेस्सीलाई लगाईएको कालो पोशाकको यस्तो छ रहस्य

विश्वकप जितेपछि मेस्सीलाई लगाईएको कालो पोशाकको यस्तो छ रहस्य

हालै सम्पन्न विश्वकप जितेपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सी र उनका समर्थकको एउटा सपना पूरा भयो। ३६ वर्षको प्रतीक्षापछि अर्जेन्टिनाले एकपटक पुनः विश्वकपको उपाधि जितेको हो।

विश्वकपको उपाधिसँगै कप्तान मेस्सीलाई मेडल लगाइएपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए। यो पोशाकको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। 

कतार विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीका अनुसार यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाइन्छ। यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो।

मेस्सीलाई ओढाइएको पोशाकलाई बिस्ट पनि भनिन्छ। अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ। त्यसैले आइतबार फाइनल जितेपछि विजेता टोलीका कप्तानलाई उक्त पोशाक लगाइएको थियो। 

सुरुमा त मेस्सीलाई यो पोशाक कसरी लगाउने हो भन्ने पनि थाहा थिएन। शेख तमिम बिन हमादले उनलाई यो पोशाक लगाउन सहयोग गरे। त्यसपछि मेस्सी उपाधि लिएर खुसीयाली मनाउँदै आफ्नो टोलीतर्फ अघि बढेका थिए। 

विशेष