News खेल

विश्वकपको ट्रफी बोकेर स्वदेश पुगेका मेस्सीलाई यस्तो भब्य स्वागत

विश्वकपको ट्रफी बोकेर स्वदेश पुगेका मेस्सीलाई यस्तो भब्य स्वागत

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी ट्रफी बोकेर स्वदेश पुगेका छन्। विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो।

अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। देशमा विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा समेत दिईएको छ। खेलाडी र पदाधिकारीको प्रतिक्षामा रातभर विमानस्थलमा कुरेर बसेका समर्थकहरूले चर्को स्वरमा गीत गाउँदै राष्ट्रिय झन्डासहित टोलीलाई स्वागत गरेका छन्।

विमान रोकिएपछि पाइलटले अर्जेन्टिनाको झण्डा फहराउन ककपिटको झ्याल खोलेका थिए। ट्रफीसहित प्लेनबाट बाहिर निस्किएका मेसीसहितको टोलीलाई रातो कार्पेट र गेट वनाई भब्य स्वागत गरियो।

विश्वकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि टोलीको विजयी परेडमा सहभागी हुन मंगलबार राजधानी पुगेको हो। राजधानीका सडकमा लाखौं प्रशंसक भेला भएर राष्ट्रिय हिरोहरूलाई सम्मान गरिरहेका छन्।

टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बिताउनेछ। विश्वकप जितेपछि कप्तान लियोनल मेसीले यो सफलताको खुसियाली आफू अर्जेन्टिना पुगेर हेर्न चाहेको बताएका थिए।
 

विशेष