News

गगनको यस्तो अफर पाएपछि शेखरले दलको नेताको दावी छोडे

गगनको यस्तो अफर पाएपछि शेखरले दलको नेताको दावी छोडे

नेपाली कांग्रेसको शेखर कोइरालाले आफनो समुहमा दलको नेताको दावी छोडेका छन्। गगन थापासँग लेनदेन गरेर उनले संसदीय दलको नेताको दावी छोडेका हुन।

दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेको एक नेताले बताए।

होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भएका थिए। 
 

विशेष