राष्ट्रपति कार्यालयमा ओली–प्रचण्ड जम्काभेट
![राष्ट्रपति कार्यालयमा ओली–प्रचण्ड जम्काभेट](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/oli-prachanda.jpg)
तत्कालीन नेकपा विभाजनपछि टाढिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार राष्ट्रपति कार्यालयमा जम्काभेट भएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली र प्रचण्डबीच जम्काभेट भएको हो। चुनावी नतिजा आएसँगै ओलीले लामो समयपछि दाहाललाई फोन गरेर बधाई दिएका थिए।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र ओलीबीच पनि कार्यक्रममा भलाकुसारी भएको छ। तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका यी नेताहरू एक आपसमा भलाकुसारीसमेत भएको थियो।
दाहाल र खनालसँगको भेटको तस्वीर ओलीको सचिवालयले सामाजिक सञ्जालमै राखेको छ ।