News

सर्वोच्चले किन गर्यो चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश ?

सर्वोच्चले किन गर्यो चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश ?

सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले विकिनी किलरका रुपमा कुख्यात शोभराजलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।

थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी परेको निवेदनमा इजलासले सुनुवाइपछि माग जायज ठह¥याएर थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले ०३२ मंसिर २८ गते भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 
 

विशेष