News

माधव नेपालको पार्टीलाई समानुपातिकतर्फ जिल्लाभरीबाट १७ मत

माधव नेपालको पार्टीलाई समानुपातिकतर्फ जिल्लाभरीबाट १७ मत

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई अहिले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउन हम्मे–हम्मे परेको छ।

निर्वाचन आयोगका अनुसार कुल १ करोड ९ लाख मत खसेर करिब १ करोड ६ लाख मत सदर भएको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मतगणना भइसकेको अवस्थामा समाजवादीले २ लाख ९३ हजार मत ल्याएको छ।

राष्ट्रिय दलको मान्यता पाउन समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याउनु पर्ने अवस्था छ। तर हालसम्मको मतका आधारमा नेकपा एस राष्ट्रिय पार्टी वन्नेमा आशंका उत्पन्न हुन थालेको छ। यद्यपी दोलखा, बाजुरा र स्याङजामा भने मतगणना चालु रहेकाले त्यसको परिणाम आउन बाँकी छ। 

आयोगका अनुसार नेकपा एसले समानुपातिकतर्फ माधव नेपालको गृहजिल्ला रौतहटबाट सबैभन्दा धैरै मत ल्याएको छ । त्यहाँ ३२ हजार ७०० मत ल्याएको छ । भने सबैभन्दा कम मनाङ १७ मत मात्रै ल्याएको छ।
 

विशेष