News

ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा, यस्तो छ कारण

ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा, यस्तो छ कारण

एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छोड्न घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो सिईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

‘ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि, नहुँदा ठिक होला’ भनेर ट्वीटरमा उनले भोटिङ पोल राखेका थिए। उनले त्यसको नतिजाको पालना गर्ने पनि बताएका थिए । त्यसमा ५७ दशमलव ५ प्रतिशतले उनको विपक्षमा मत दिएका थिए ।

हुनु पर्दैन भन्ने पक्षमा ४२ दशमलव ५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु’– उनले लेखेका छन्। विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।

उनले हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए, त्यसबाट उनको आलोचना भएको थियो । खासगरी उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो । 
 

विशेष