News

संसदीय दलको नेता चयनमा कुन कुन सांसदको भयो किनबेच ?

संसदीय दलको नेता चयनमा कुन कुन सांसदको भयो किनबेच ?

कांग्रेस संसदीय दलको नेतामा सभापति समेत रहेका शेरवहादुर देउवा निर्वाचित भए। उनका प्रतिस्पर्धी गगनकुमार थापा पराजित भए।

तर, कांग्रेस संसदिय दलको निर्वाचनले सांसदहरु कतिसम्म आशामुखि र थर्कमान छन भन्ने कुरा स्पष्ट देखिएिको छ। संसदिय दलको नेताका लागि बुधबार बिहान भएको चुनावमा पार्टी सभापति शेरबहादुर देउवा निकटका कम्तीमा १० जना सांसदले मतदान केन्द्रमा मतपत्रको फोटो खिचेका छन्।

निर्वाचनअघि गगन थापा पक्षले मतदान केन्द्रमा मोबाइल लान रोक्नुपर्ने माग गरेको थियो। तर देउवा पक्षले मोबाइल लैजान पाउनुपर्ने भन्दै बखेडा झिकेको थियो। गगनले रोक्न खोज्दाखोज्दै १०–१२ जनाले फोटो खिचेको भन्दै आपत्ति जनाएका छन्। 

फोटो खिच्ने सबै देउवा पक्षका हुन्। केही सांसदले फोटो खिचेर आरजु राणालाई पठाएपछि सांसद किनबेचको आशंका गरिएको छ। आफुले देउवालाई नै भोट दिएको प्रमाणित गर्न उनीहरुले फोटो खिचेर पठाएको आरोप छ।

त्यसैका लागि देउवा पक्षले मतदान स्थलमा मोवाईल लान पाउनु पर्ने भन्दै वखेडा झिकेको गगन पक्षका नेताहरुले आरोप लगाएका छन्। 
 

विशेष