रवि लामिछाने नागरिक्ता प्रकरणः सर्वोच्चले दिएन अन्तरिम आदेश
![रवि लामिछाने नागरिक्ता प्रकरणः सर्वोच्चले दिएन अन्तरिम आदेश](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/rabi-8cb27.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिक्ता प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।
इजलासले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । अन्तरिम आदेश नदिएसँगै लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।
रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिए ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर रिट निवेदकको छ ।