News

शिक्षक हत्या प्रकरणमा छात्रावासीकी किशोरी र उनका श्रीमान पक्राउ

शिक्षक हत्या प्रकरणमा छात्रावासीकी किशोरी र उनका श्रीमान पक्राउ

बैतडीको सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्या आशंकामा छात्रावासमा वस्ने एक किशोरी र उनको श्रीमान पक्राउ परेका छन् ।

शिक्षक विष्ट गत शनिबार मृत अवस्थामा भेटिएका थिए। उनको हत्या आरोपमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान–श्रीमती हुन् ।

विमला कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत रहेको पाईएको छ। प्रहरीका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । विमला भने तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएको पाईएको छ।

घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएको सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले वताए।
 

विशेष