News

बालेन्द्रको डोजर भूमि आयोगले रोक्यो, सुकुम्वासी र भुमिहिनलाई नचलाउन निर्देशन 

बालेन्द्रको डोजर भूमि आयोगले रोक्यो, सुकुम्वासी र भुमिहिनलाई नचलाउन निर्देशन 

राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायतका ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।

आयोगले सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न÷नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ।

आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो। आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने पनि बताएको छ।

गत सोमवार थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीयवासी र महानगरका सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहितका सुरक्षाकर्मी घाइते भएका थियो।

महानगरले बस्ती हटाउन डोडरसहित सुरक्षाकर्मी पठाएपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए ।
 

विशेष