News विदेश

ब्राजिलका फुटबलर सुपरस्टार पेलेको स्वास्थ्य अवस्था जटिल

ब्राजिलका फुटबलर सुपरस्टार पेलेको स्वास्थ्य अवस्था जटिल

क्यान्सर फैलिदै गएपछि ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

तीनपल्ट फिफा विश्वकप उपाधि जितेका ८२ वर्षीय पूर्व सुपरस्टार पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् ।

पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा रहेको र मिर्गौला तथा मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता रहेको जनाएको छ।

सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उनको नियमित उपचार हुँदै आएको छ । 

साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो । केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो ।

पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि तीनपल्ट विश्वकप उपाधि जितेका थिए। 
 

विशेष