News

जनार्दन शर्माको खुलासाः रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति

जनार्दन शर्माको खुलासाः रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति

नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले रामचन्द्र पौडेल वा माधव नेपाल मध्ये एक जना राष्ट्रपति बन्ने खुलासा गरेका छन् । 

उनले नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाट नै बन्नुपर्ने गरी गठबन्धन दलहरूबीच छलफल भएको पनि स्पष्ट पारे । ‘राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुनुहुन्छ होला,’ शर्माले भने ।

राष्ट्रपतिमा यस अघि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र झलनाथ खनालको पनि नाम चर्चामा छ।

प्रधानमन्त्री भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै हुनुपर्ने उनको भनाई छ। शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो सुझाव रहेको बताएका हुन् ।

‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ’ शर्माले भने–‘अध्यक्ष प्रचण्डको पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ । तर गठबन्धनबाट को बन्छ थाहा छैन ।’

विशेष