News

वर्षमान र जनार्दनको जहिलै टकराव, दलको उपनेतामा दुवैको दावी

वर्षमान र जनार्दनको जहिलै टकराव, दलको उपनेतामा दुवैको दावी

नेकपा माओवादी केन्द्रका दुई प्रभावसाली नेता फेरी आमनेसामने भएका छन् । महासचिव पदका लागि प्रतिस्पर्धामा रहेपनि अन्तिम समयमा आउट भएका उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले एक पटक फेरी संसदीय दलको उपनेतामा दावी गर्न थालेका छन्।

दुबै नेताले पार्टीको महासचिवमा दावी गरेपछि अध्यक्ष पुष्पकमल दाहालले अन्त्मिमा देव गुरुङलाई महासचिव बनाए भने पुन र शर्मालाई उपमहासचिव बनाएका थिए । अहिले संसदिय दलको उप नेतामा पनि तिनै नेता आमनेसामने भएका छन्।

माओवादीको संसदीय दलको बैठक बिहीबार ४ बजे सिंहदरबारमा बस्दैछ । संसदीय दलको नेतामा भने कुनै नेताले दावी नगरेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोधजस्तै छन् ।

तर उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् ।
 

विशेष