News

मुख्यमन्त्री नछोडि संघीय संसदको सपथ लिएपछि पाण्डे विवादमा

मुख्यमन्त्री नछोडि संघीय संसदको सपथ लिएपछि पाण्डे विवादमा

वाग्मती प्रदेशका वहालवाला मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहिवार प्रनिनिधि सभा सदस्यको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

आलोचनापछि उनले मुख्यमन्त्रीबाट राजिनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए । कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने÷नहुने केही नभनेकाले उनले शुक्रवार राजीनामा दिन लागेको खनालले बताए।

खनालले मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षसमेत हुन।

विशेष