News

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रवार पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।

गएको मंसिर ४ सम्पन्न निर्वाचनमा उनी धादिङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए।

मुख्यमन्त्रीबाट राजिनामा नदिई प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिएको भन्दै उनको आलोचना भएको थियो। विभिन्न टिकाटिप्पणी सुरु भमएपछि उनले राजिनामा दिने घोषणा गरेका थिए ।

बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको नेतृत्व गर्ने बताए ।

पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । ‘संविधानअनुसार मैले राजीनामा दिनुपर्ने अवस्था थिएन । तर, मैले प्रदेशसभा सदस्यको शपथ र सरकार निर्माणका लागि आवश्यक वातावरण तयार गरेर यस्तो निर्णयमा पुगेको हुँ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभामा नेकपा (एस) को दलको उपनेता समेत हुन् ।

विशेष