News खेल

साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित हुँदै क्रिस्टियानो रोनाल्डो

साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित हुँदै क्रिस्टियानो रोनाल्डो

विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि अपमानित महसुस गरेर घर फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।

नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ सय ७५ मिलियन पाउन्ड र २ वर्षपछि वार्षिक २०० मिलियन पाउण्ड बनाएर ७ वर्षको सम्झौता गर्न लागेको हो।

म्यानचेस्टर युनाईटेड छाडेपछि स्वतन्त्र रूपमा रहेका रोनाल्डोलाई क्लबमा भित्र्याउन साउदी क्लबले कीर्तिमानी मूल्यमा प्रस्ताव राखेको हो। अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो साउदी अरेबियाको राजधानी रियाद पुगिसकेको जनाईएको छ।

सन् २०३० पछि रोनाल्डलोले क्लबको ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्नेछन्। रोनाल्डोले इजिप्ट र ग्रीससँगै सन् २०३० मा विश्वकप आयोजना गर्न साउदी अरेबियाको प्रस्तावलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउने पनि जनाईएको छ।

रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो विश्वकप अगाडिबाट क्लब बिहीन बनेका थिए। 
 

विशेष