News

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकियो

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकियो

बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना फेरी रोकिएको छ। खसेको भन्दा ३० मत बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो। 

त्यसबारे दलहरूसँग छलफल गर्नका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। ‘मुचुल्कामा उल्लेख गरिएकोभन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरुसँग छलफल गर्नका लागि अहिले केहीबेरलाई मतगणना रोकिएको हो’– उनले भने।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो।

फाईल फोटो

विशेष