शान्ति प्रक्रिया पूरा गर्न कांग्रेस सरकारलाई बनाउन माओवादीको सहयोग
काठमाडौं । नयाँ सरकार गठनका राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा नजिकिँदै गर्दा दलहरु छलफलमा जुटेका छन्।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेरले बिहीबार २७४ सदस्यलाई शपथ ग्रहण गराएपछि सरकार गठनको बाटो खुला भएको हो।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको छ। यसका लागि नेकपा माओवादीलगायतका गठबन्धन नेतृत्वका दलहरु एकठाउँमा उभिनुपर्दछ।
०६३ सालको शान्ति सम्झौतालाई निर्णायक बिन्दुमा पुर्याउनका लागि पनि माओवादीले कांग्रेसलाई सहयोग गर्नुपर्दछ। यसअघिको सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरे पनि निर्वाचन नजिकिएपछि त्यो काम अघि बढ्न सकेको थिएन।
सरकार गठनको विषयमा गठबन्धन दलमा जोडघटाउ चलिरहेको बेलामा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि पहल गर्नुपर्दछ।
यसअघि माओवादी महासचिव देव गुरुङले अब बृहत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले पनि कांग्रेस-माओवादी मिलेर सरकार गठन गर्नुपर्ने हुन्छ।
उनले भने, ‘नर्मल अवस्थामा सरकारको जसले नेतृत्व गरेपनि हुन्छ। संकट पैदा भइसकेको बेलामा अहिलेको परिवर्तनका संवाहक कांग्रेस र माओवादीले नै बृहत शान्ति सम्झौता टुंगोमा पुर्याउनु पर्दछ।'
उनले देउवा र प्रचण्ड नै परिवर्तनको संवाहक भएका कारण मुलुको नेतृत्व मिलेर गर्नुपर्ने बताएका थिए।
संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न उठेको छ।
अहिले मुलुकको संकटमा परेको बेलामा अभिभावकको रुपमा प्रचण्डले व्यवस्थाको प्रस्तावक, मुलुकको व्यवस्थाको संरक्षकको रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
अहिलेको अवस्थामा कांग्रेस-माओवादीको विकल्प खोज्दा अहिलेको व्यवस्था संकटमा पर्ने भएकोले मिलेर सरकार गठन गर्दै शान्ति प्रक्रियाकम बाँकी काम सम्पन्न गर्नुपर्दछ।