News

चार्ल्स शोभराजलाई यसरी झुक्याएर अध्यागमन पु-याइयो, प्रेमिका पुगिन भेटन

चार्ल्स शोभराजलाई यसरी झुक्याएर अध्यागमन पु-याइयो, प्रेमिका पुगिन भेटन

प्रहरीले विकिनी किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभाग पु-याइएको छ । प्रहरीले विषेश योजना बनाएर उनलाई केन्द्रीय कारागारबाट विभाग पु-याएको हो ।

प्रहरीले केन्द्रीय कारागारबाट एकै पटक ४ वटा गाडी निकाले थियो। शोभराज कुनमा थिए भन्ने यकिन हुन नदिन प्रहरीले यसरी चलाखी गरेको थियो ।

जसका लागि चारवटै गाडीमा मास्क र टोपी लगाएका एक सादा पोसाकमा मानिसलाई राखिएको थियो । ती गाडी रत्नपार्क हुँदै भद्रकाली पुगेपछि वान वे मिच्दै माइतीघर निस्किएका थिए । सिंहदरबार पुगेपछि दुईवटा प्रहरी गाडी सिंहदरबारभित्र पसे भने अर्को गाडी पनि मोडिएको थियो ।

बाँकी एउटा गाडीमात्र अनामनगर हुँदै विभागतर्फ लागेको थियो । पछि सिंहदरबारभित्र प्रवेश गरेका दुईवटा गाडी पनि विभागमा पुगेका थिए । रिहा हुनुअघि चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढा राखिदिन कारागार प्रशासनसमक्ष अनुरोध गरेको बताइएको छ ।

१९ वर्षपछि जेलमुक्त भएका शोभराजलाई भेट्न उनकी प्रेमिका भनिएकी निहिता विश्वास र आमा भने विभागमै पुगेका छन् । अध्यागमनले अब आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै फ्रान्स पठाउनेछ। 
 

विशेष