News

प्रचण्डले बालुवाटारमा दुत पठाएर देउवालाई धम्क्याएको खुलासा

प्रचण्डले बालुवाटारमा दुत पठाएर देउवालाई धम्क्याएको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना दुत पठाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमै धम्क्याएको खुलेको छ। दाहालले गत विहिवार प्रधानमन्त्रीसँग वार्ता गर्न उपमहासचिव वर्षमान पुनलाई वालुवाटार पठाएका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी केन्द्रले आफूलाई पहिलोपटक प्रधानमन्त्री अनिवार्य भन्दै सर्त राखेको छ । सोही सिलसिलामा दाहालले पुनलाई पठाएर आफुलाई पहिलो प्रधानमन्त्री नवनाए ‘प्लान वि’ कार्यान्वयन गर्ने धम्की दिएका छन् । दाहालकै योजना अनुसार पुनले एमालेसँग मिलेर सरकार बनाउने धम्की देउवालाई दिइसकेको श्रोत वताउँछ।

दैनिक जसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट र कुराकानी जारी छ । बालुवाटार स्रोतका अनुसार देउवासँगको भेटमा अन्य विषयसँगै हरेकजसो समय प्रचण्डले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन आगह्र गरिरहेका छन् । 

तर, देउवाले भने आफूले पार्टीभित्रको शक्ति व्यवस्थापनका लागि पनि राष्ट्रपति र पहिलो चरणको प्रधानमन्त्री कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । देउवाको तर्कलाई इन्कार गर्न नसक्दा दाहाल आफ्नो माग छोड्न पनि नसक्ने र देउवाको अडान काट्न पनि नसक्ने अवस्थामा गुज्रिरहेका छन् । 

स्रोतका अनुसार बिहीबार बिहान भने दाहालले पुनलाई बालुवाटार पठाएर आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेकाले कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने स्पष्ट संकेत गरेका छन् ।

उनले माओवादी केन्द्र अझै पनि गठबन्धनकै तर्फबाट पहिलो प्रधानमन्त्रीको दावी रहेको भन्दै कांग्रेस त्यसमा सहमत नभएर गठबन्धनमा माओवादी केन्द्र नरहने बताएका छन् । 

दाहालले वर्षमान पठाएर गठबन्धन छोड्ने संकेत गरेपछि शेरबहादुरले प्रकाशमान सिंहलाई उनीसँग भेट्न पठाएका छन् । गठबन्धन छोड्न लागेको हो वा होइन भनेर कुरा गर्न गएका प्रकाशमान सिंहलाई दाहालले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिदिन आग्रह गरेर पठाएका छन् ।

स्रोतका अनुसार माओवादीले सत्ता गठबन्धन छोडेमा बालुवाटार पनि ‘प्लान बी’ तयार पारेर बसेको छ । 

स्रोतका अनुसार देउवासँग सरकार निर्माणका लागि पाँच विकल्प छन् । माओवादी बाहिरिए अरु चार विकल्प बाँकी रहन्छन् । त्योमध्ये कांग्रेस–एमालेको सरकार बन्ने एउटा विकल्प हो । कांग्रेसले जोसँग सरकार बनाए पनि राष्ट्रपति र पहिलो कार्यकालको प्रधानमन्त्री आफूले लिन खोजेको जनाएको छ । दाहाल त्यसमा सहमत नभए वा उसले नै गठबन्धन छोडेको घोषणा गरे नयाँ समीकरणको प्रयास हुने बालुवाटार स्रोतको दाबी छ ।

जानकारी अनुसार गठवन्धन तोड्नै पर्ने अवस्था आएर गैरकम्युनिष्ट सरकारको नेतृत्व गर्ने योजनामा पनि देउवा अग्रसर देखिएका छन् ।

‘निर्वाचनमा जनतासँग भोटसमेत गठबन्धनलाई नै मागेको हुँदा सरकार निर्माणमा तत्काल गठबन्धनको विकल्प सोचिएको छैन । प्रधानमन्त्रीको इच्छा गठबन्धनलाई साथमै लिएर अघि बढ्नेछ’ बालुवाटार श्रोत भन्छ–‘तर, प्रचण्ड गठबन्धन छोड्नुहुन्छ भने घोषणा गर्न दिउँ । त्यसपछिका योजना तपाईंहरूले थाहा पाउनु हुनेछ।’

विशेष