News

गठबन्धनको बैठक निस्कर्ष विहिन, वर्षमानले भने– सहयात्रा यहीँ टुंगियो

गठबन्धनको बैठक निस्कर्ष विहिन, वर्षमानले भने– सहयात्रा यहीँ टुंगियो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। वैठक विना निस्कर्ष सकिएको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको हो। आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल भएको उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए।

यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।

अध्यक्ष दाहाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब दाहाललाई सहयोग गर्न भनेका छन् ।

पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।’

त्यसपपिछ देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएको बताईएको छ।

विशेष