News अपराध सुरक्षा

वुहारीसँग यौन प्यास मेट्न खोज्दा पदमलालको ज्यानै गयो

वुहारीसँग यौन प्यास मेट्न खोज्दा पदमलालको ज्यानै गयो

आफनै भाईवुहारीमाथि यौन प्यास मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला समाप्त भएको छ। गत विहिवार हँसियाले हानेर वुहारी रनमायाले पदमलालको हत्या गरेको खुलेको छ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाईको घरमा वस्दै आएका पदमलालको शव शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा फेला परेको थियो। मृतकको पहिचान खुलेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा घट्नाको वास्तविक्ता वाहिर आएको हो ।

प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थाहा पाएपछि अनुसन्धानलाई शुक्ष्म रूपमा अघि बढाएको थियो। प्रहरीका अनुसार बाँस्तोला बिहीबार कनकाईको बगरमा भाइ बुहारीसँग घाँस काट्न गएका थिए।

उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा छ। प्रहरीले अनुसन्धानका लागि भन्दै मृतककी भाइ बुहारी रनमायालाई नियन्त्रणमा लिएर केरकार गरेपछि उनले नै आफुले हत्या गरेको स्विकारेकी छिन् । उनले जेठाजुको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिइन्।

‘घाँस काट्न जेठाजु सँगै गएकी थिएँ। १० मुठा जति घाँस काटेपछि जेठाजुले अनैतिक व्यवहार गर्नुभयो’ उनले भनेकी छिन्–‘प्रतिकार गर्ने क्रममा हसिँयाले हान्दा मृत्यु भयो।’

प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो पनि,

विशेष