श्रीमतीले मर्न पासो लगाएको थाहा पाएर आत्तिएका श्रीमानको लडेर मृत्यु
![श्रीमतीले मर्न पासो लगाएको थाहा पाएर आत्तिएका श्रीमानको लडेर मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/08/death.jpg)
श्रीमतीले झुण्डिएर आत्महत्या गर्न खोजेको थाहा पाएर आत्तिएका एक ब्यक्तिको भ-याङबाट लडेर मृत्यु भएको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको शुक्रवार लडेर मृत्यु भएको हो।
शुक्रबार राति करिव पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए।
तल झर्नेक्रममा एक्कासी भ-याङबाट लडेर शेरबहादुर घाइते भएका थिए। उनलाई उपचारका लागि सिन्धुबहार अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।
झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पु-याएका थिए।
प्रहरीका अनुसार श्रीमान बिहानैदेखि मादक पदार्थ सेवन गर्ने गरेको पाईएको छ।