News

आखिरीमा बालकोटको बार्दलीमै पुगे प्रचण्ड !

आखिरीमा बालकोटको बार्दलीमै पुगे प्रचण्ड !

०७८ साउनमा अदालतको आदेशसँगै केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटे। प्रधानमन्त्री निवास वालुवाटारबाट निजि निवास बालकोट जाँदा ओलीको अगाडि र पछाडि निकै ठुलो लावा लस्कर थियो।

कोरोनाको विकराल अवस्थामा पनि नाराजुलुसहित डेरा सरेका ओलीले बालकोट पुगेर कार्यकर्तालालाई संवोधन गरे। बार्दलिमा उभिएर गरेको सोही सम्वोधन वहुचर्चित भयो। विपक्षीहरुले ‘ओलीलाई बालुवाटारबाट बार्दलीमा पुर्याईयो’ भन्दै खिसिट्युरी गरे। जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्वरमा थिए।

तिनै दाहाल आज ओलीको बालकोटस्थित निवासको बार्दलीमा पुगेका छन् । सोमबार दाहाललाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र दाहालले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे ।

बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए । तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए । दुवै नेता सरकारको दावी गर्न सितल निवास गएका छन्।

यो पनि,

विशेष