News

माधव नेपालले प्रचण्डलाई छोडे, सरकारमा नजाने निर्णय

माधव नेपालले प्रचण्डलाई छोडे, सरकारमा नजाने निर्णय

एक समय नेकपा माओवादी केन्द्रसँग पार्टी एकिकरण गर्ने चरणसम्म पुगेको नेकपा एकीकृत समाजवादी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भने नजाने भएको छ।

पार्टीको सचिवालय बैठकले दाहाल नेतृत्वको सरकारमा नजाने निर्णय गरेको हो । दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुको सहमति भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । 

पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन,’ उनले भने ।

विशेष