News

बुद्ध एयरका संस्थापक तथा निर्वाचन आयोगका प्रथम अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका संस्थापक तथा निर्वाचन आयोगका प्रथम अध्यक्ष बस्नेतको निधन

हवाई उडानलाई सहज र सरल बनाउन पहल गर्ने बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ ।

बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । 

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए । 
 

विशेष