News

चिनियाँ दबाबमा प्रचण्डले गठबन्धन छोड्दै, ओलीसँग मिल्ने सम्भावना

चिनियाँ दबाबमा प्रचण्डले गठबन्धन छोड्दै, ओलीसँग मिल्ने सम्भावना

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छोड्ने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले आजै गठबन्धन छोडेको घोषणा गर्न सक्ने जनाईएको छ।

माओवादीले गठबन्धन छोड्ने निर्णय गर्नुमा विदेशी प्रभाव देखिएको श्रोतको दावी छ। सरकार गठन पुर्व सत्ता गठबन्धन तोड्ने र वाम गठबन्धन वनाउने तयारी सुरु भएको वताईन्छ। वाम गठबन्धन निर्माणका लागि चिनियाँ दुतावासका प्रतिनिधिहरु सकृय रुपमा लागेको श्रोतको दावी छ।

पहिलो प्रधानमन्त्रीको दावी गर्दै आएका दाहालले यसैलाई वहाना वनाएर गठबन्धन तोड्ने सम्भावना रहेको वताईन्छ। शनिवार सत्ता गठबन्धनको वैठक वस्नु अघि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि प्रधानमन्दी देउवालाई गठबन्धन टुट्ने संकेत गरेका थिए।

अध्यक्ष दाहाललाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने उनले प्रष्ट पारिसकेका छन् । अध्यक्ष दाहाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शनिवार विहानै भएको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब दाहाललाई सहयोग गर्न भनेका थिए ।

‘हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन ।’ उनले भनेका थिए–‘दाहाललाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।’

यता, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको छलफल र वैठक समेत बाक्लिएको छ। नेकपा एमालेले दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेवाङ मार्फत अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई यस्तो प्रस्ताव गरेका हुन।

सत्ता गठबन्धन छोडेर आए दाहाललाई प्रधानमन्त्री बनाउन एमाले तयार रहेको तर, राष्ट्रपति भने एमालेले पाउनु पर्ने नेम्वाङले दाहाललाई सुनाएका छन् । उनले दाहाललाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि सोही अनुसार भागवण्डा गर्ने प्रस्ताव सुनाएका छन् । 

विशेष