News

यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार उनीहरुलाई संसदीय गतिविधिमा संलग्न हुन नदिईने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै दुई कार्यालयले आग्रह गरेका छन् । यद्यपी उनीहरुले सपथग्रहण भने गरिसकेका छन् ।

सपथग्रहणपछि उनीहरुका सम्बन्धमा मुद्दा बिचारधीन रहेको भनी पत्र आएले संसदीय गतिविधिमा संलग्न हुन नपाउने पाण्डेले बताए । 

एमाले सांसद कोइरीविरुद्ध हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ भने गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर मुद्दा विचाराधीन छ । 
 

विशेष