News

चिनको दबाबपछि ओलीको नेतृत्वमा माओवादीसहितको सरकार बन्दै

चिनको दबाबपछि ओलीको नेतृत्वमा माओवादीसहितको सरकार बन्दै

नेकपा माओवादी सत्ता गठबन्धनबाट वाहिरिएसँगै एमालेको नेतृत्वमा सरकार वन्ने सम्भावना वनेको छ। कांग्रेसले प्रधानमन्त्री नदिएको वहाना वनाएर गठबन्धनको वैठकबाटै उठेर हिडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ओली निवास पुगेका छन् ।

चिनको दवावमा परेका दाहाल ओलीलाई प्रधानमन्त्री बनाउन समेत तयार भएको श्रोतको दावी छ। हाल २७३ सदस्यि प्रतिनिधिसभामा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेसलाई बाहिर राखेर एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राष्ट्रिय प्रजातन्त्र पार्टी १४ सिट मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ ।

बालकोट वैठकबाट निस्किएका जसपाका वरिष्ठ नेता अशोकुमार राईले नयाँ गठबन्धन बन्ने सम्भावना भएको बताएका छन् । राईले ५ दलको नयाँ गठबन्धनको सम्भावना भएको बताए। पार्टीमा छलफल गर्ने भन्दै उनी बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए । बालकोटमा अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित एमाले अध्यक्ष ओली छलफलमा व्यस्त छन् ।

केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । अहिले लिङ्देन निस्किएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् । 

यो पनि,

विशेष