News

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

उपप्रधानसहित गृहमन्त्री लिएर रवि लामिछाने सरकारमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ । ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,’ लामिछानेले भने ।

उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै  सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका हुन। चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन् । संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् । 
 

विशेष