News

प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए सपथ

प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए सपथ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । 

दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरू उपस्थित थिए । त्यस्तै पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।

दाहालको सपथ ग्रहणपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि सपथ ग्रहण गरेका छन्। उनीहरुलाई पनि राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन।

विशेष