News

रवि लामिछानेलाई पार लगाउलान निर्मला पन्त हत्या प्रकरण ? 

रवि लामिछानेलाई पार लगाउलान निर्मला पन्त हत्या प्रकरण ? 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे चासो राखेका छन् ।

पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग उनले निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिएका हुन्। ‘निर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोला’, लामिछानेले निर्देशन दिँदै भने, ‘अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।’

लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पनि बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो। गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।
 

विशेष