News

अवको राष्ट्रपति सुवास नेम्वाङ की अष्टलक्ष्मी शाक्य ?, विद्या उम्मेदवार हुन नपाउने

अवको राष्ट्रपति सुवास नेम्वाङ की अष्टलक्ष्मी शाक्य ?, विद्या उम्मेदवार हुन नपाउने

आइतबार अप्रत्याशित रूपमा राजनीतिक समिकरण वदलिएपछि सत्तागठबन्धन भत्कियो। सत्ता गठबन्धनको वैठकबाट जुरुक्क उठेर हिडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट छिरे।

त्यपछि नयाँ राजनीतिक विकासक्रम सुरु भयो। केही बेरअघि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयत्न गरिरहेका दाहाल नेकपा एमालेसँगै औपचारिक रूपमा जोडिएको संवादपछि उनी एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्ने तय भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आइतबार साँझ नै प्रधानमन्त्री नियुक्त गरेकी छन्। सोमबार दाहालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्।  


एमाले, माओवादीसहितका सात दल र केही स्वतन्त्र सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएपछि नयाँ राष्ट्रपति एमालेको भागमा परेको छ। राष्ट्रपति भण्डारीको पदावधि फागुनमा सकिने भएकाले माघभित्रै नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने छ।

एमालेले नयाँ राष्ट्रपतिका रूपमा कसलाई अगाडि सार्ला? संविधानको धारा ६४ अनुसार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अव राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन। धारा ६४ को उपधारा २ अनुसार दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।

त्यसैले आइतबार भएको सहमतिअनुसार एमालेबाट हुने सम्भावित राष्ट्रपतिका लागि दुई नेताको नाम चर्चामा छ, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्य। नेम्वाङ इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् भने शाक्यले यसपालि नयाँ पुस्तालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने निर्णय गरेकी थिइन्। अष्टलक्ष्मीको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा आएको थियो। तर, त्यसबेला एमालेभित्रको समीकरणका कारण भण्डारीले बाजी मारेकी थिइन्।

नेम्वाङ संविधानसभा अध्यक्ष हुन्। एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिने नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका थिए।
 

विशेष