News

रवि लामिछानेले उपप्रधानमन्त्री मागेपछि प्रचण्ड तनावमा

रवि लामिछानेले उपप्रधानमन्त्री मागेपछि प्रचण्ड तनावमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले गठबन्धनमा ठुलो भाग खोजेपछि प्रचण्ड तनावमा परेका छन् । लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् ।

उनले पत्रकारसँग छोटो कुराकानी गर्दै ‘अहिले संसद् भवनमा बैठक बस्दै छ । म त्यहाँ जाँदैछु । बैठकपछि मात्रै सबै कुरा भन्नु उचित होला’ भनेका छन् । तर उनले उपप्रधानमन्त्रीको दावी गरेको श्रोतको दावी छ।

उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए ।

प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

यता, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन् । 

राप्रपा सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन् ।

त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।

एमाले–माओवादीसहितको सत्ता गठबन्धनको बैठक चलिरहेको छ। दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल हुँदैछ ।

विशेष