News

प्रचण्ड सरकारलाई माधव नेपालले पनि समर्थन गर्ने

प्रचण्ड सरकारलाई माधव नेपालले पनि समर्थन गर्ने

माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ। तर, समर्थन भने एजेण्डाका आधारमा गर्ने पार्टीका उपाध्यक्ष प्रमेश हमालले वताए ।

उनले सरकारले ल्याउने एजेण्डाका आधारमा समर्थन गर्नेबारे निर्णय लिइने बताए । आइतबार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनमा दाहाले प्रधानमन्त्री नियुक्त भएका छन्।

दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा अहिलेसम्म एकीकृत समाजवादीले समर्थन गरेको छैन। आईतवार वसेको नेकपा एसको सचिवालय वैठकले भने दाहाल नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। 

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने जानकारी दिएका थिए ।

हमालले भने सरकारमा सहभागी हुने विषयमा कुनै धारणा नबनेको दाबी गरे। सोमबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराइने र छलफल गर्ने बताएका थिए। 
 

विशेष